१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


स्ववियु निर्वाचनः तालाबन्दीविरुद्ध तालाबन्दी !


0
Shares

अखिल क्रान्तिकारी, अखिल छैटौं, क्रान्तिकारी र क्रान्तिकारी (वैद्य)ले कन्चनपुरका तीन क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

निर्वाचन निश्चित भएका क्याम्पसहरुमा नेवि संघ र अनेरास्ववियुले गरेको तालाबन्दीविरुद्धमा अरु विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् ।

शारदा विद्यापीठ, बालजागृति कलेज र जनएकता बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको हो । जसका कारण ती क्याम्पसहरुमा पनि स्ववियु चुनाव अनिश्चित भएको छ ।

नेवि संघ र अनेरास्ववियुले लगाएको ताला खोलिएपछिमात्रै आफूहरुले पनि ताला खोल्ने उनीहरुले बताएका छन् ।