मन्त्रिपरिषदको मंगलबार सिंहदरबारमा बसेको बैठकले स्थानीय विकासमन्त्रीको नेतृत्वमा रहेको सुझाव समितिको म्याद तीन दिन थप गर्ने निर्णय गरेको स्थानीय विकास मन्त्री हितराज पाण्डेले जानकारी दिए ।
आयोगको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै आएका मधेसी मोर्चालगायतका समूहहरुको माग सम्बोधन गर्नका लागि सरकारले मन्त्रीको नेतृत्वमा समिति बनाएको थियो ।
यस्तै, नेपाल स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रम कार्यान्वयन गर्न विश्व बैंकबाट प्राप्त १५ अर्ब ९३ करोड रुपैयाँ ऋण रकम स्वीकार गर्ने निर्णय पनि सरकारले गरेको छ ।
यस्तै, नेपालगन्जमा पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको नाममा सुशील कोइराला क्यान्सर अस्पताल स्थापना गर्ने निर्णय पनि गरिएको छ ।
यस्तै, सरकारले वनक्षेत्रको सुरक्षाका लागि ७ सय ७ सयजना सेनालाई काजमा खटाउने निर्णय पनि बैठकले गरेको छ ।










प्रतिक्रिया दिनुहोस्