Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा ५ करोड ५० लाखको कारोबार


0
Shares

प्रदर्शनीको ३ लाख २० हजारजनाले अवलोकन गरेको र ५ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको आयोजक घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ ।

समितिले ५९ जना उत्कृष्ट उद्यमीलाई पुरस्कृत पनि गरेको छ ।

समापन कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले उत्कृष्ट उद्यमीलाई पुरस्कृत गरेका थिए ।

प्रदर्शनीमा देशभरका ३ सय ५० जना लघु, घरेलु उद्यमीले आ–आफ्ना उत्पादन राखेका थिए ।