Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


नेपालमा चिनियाँ लगानी बढाउन राजदूतको आग्रह


0
Shares

उनले लगानीका लागि नेपाल गन्तव्य रहेको भन्दै लगानी बढाउन आग्रह गरेकी हुन् ।

नेपाल–चीन उद्योग वाणिज्य संघको मंगलबार राजधानीमा भएको १४औं वार्षिक साधारणसभामा चिनियाँ राजदूत होङले विदेशी लगानी भित्र्याउन लगानीको वातावरणमा थप सुधार ल्याउन पनि नेपाल सरकारलाई आग्रह गरिन् ।

संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले संघले दुई देशबीच आर्थिक गतिविधिलाई प्राथमिकतामा राख्दै आएको भन्दै दुई देशबीचको आर्थिक गतिविधिलाई बढावा दिन भिसालाई सरलीकरण गरिनुपर्ने बताए ।

उनले नेपालमा चिनियाँ पर्यटकको संख्या बढाउन चीन सरकारलाई आग्रह गर्दै नेपालले पनि पर्यटन पूर्वाधारमा लगानी बढाउनुपर्ने बताए ।

विदेश भ्रमणमा जाने चिनियाँ पर्यटकमध्ये शून्य दशमलव १ प्रतिशतमात्रै पनि नेपालमा भित्र्याउनसके त्यसले नेपालको अर्थतन्त्रले ठूलो सहयोग पुग्ने उनको भनाइ थियो ।

उनले ‘सिल्क रोड’लाई भारतको उत्तरप्रदेश, बंगाललगायत राज्यसँग पनि जोड्नुपर्नेमा पनि जोड दिए ।