Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


जुम्लामा सेफ्टी ट्यांकी खन्नेक्रममा सयौं वर्ष पुराना मानव कंकाल भेटिए


0
Shares

घरमुली शिवलाल डाँगीको घरको सेफ्टी ट्यांकी खन्नेक्रममा मानव कंकाल भेटिएका हुन् ।

ट्यांकी खन्दाको ६ फिट तल कंकाल भेटिएका घरमूली शिवलाल डाँगीले जानकारी दिए । भेटिएका कंकालमा मानव खप्पर, हात–खुट्टाको हड्डीलगायतका ३० ओटा टुक्रा रहेको डाँगीले बताए ।

‘कृषि सुपरजोनको सेफ्टी ट्यांकी, अमर सन्देश गेस्ट हाउस, जिल्ला प्रशासनको भवन निर्माणदेखि बजारका अधिकांश ठाउँमा मानव कंकाल भेटिँदै आएका छन्’–उनले भने ।

भेटिएका यी कंकाल आफूले सुरक्षित साथ बोरामा राखेको उनको भनाइ छ ।

इतिहासलाई केलाएर हेर्दा जुम्ला–खलंगा सदरमुकाम तत्कालीन समयमा चिहानघाट थियो भन्ने कुरा स्थानीय बूढापाका बताउँछन् ।

उनीहरुकाअनुसार हालको प्रतिष्ठान शिक्षण अस्पताल क्षेत्र पनि त्यतिबेलाको चिहानघाट भएको र पहिले यो भूमि पानीले डुबेको थियो । रासस