-विवेक खड्का
अपाङ्गता भएका व्यक्तीहरुले आफ्नो संस्थालाई वलियो र दिर्घकालीन रुपमा अगाडी वढाउने आशाले सुरु गरेको भवन पुरा हुन नसके पछि उनीहरु निरास वनेका छन् ।
निकै मेहनत गरेर जम्मा गरेको पैसाले घडेरी किनेर घरको थालनी गरे पनि दाताहरुको अभावमा अहिले उक्त भवन अलपत्र वनेको अपांगता भएका व्यक्तीहरु बताउँछन ।
दुई वर्ष पहिले निकै तामझामका साथ सिलन्यास गरिएको भवन पुरा हुन अव झण्डै विस लाख रुपैया आवश्यक पर्ने भवन निर्माण समितिका अध्यक्ष खुमानन्द अधिकारीले बताए ।
उनले यो भवनमा अहिले सम्म ६ लाख रुपैया खर्च भएको र दुई लाख रुपैया भुक्तानी दिन वांकी रहेको समेत जानकारी दिए ।
तुलसीपुर ६ इन्द्रनगरमा निर्माणाधिन सो भवन भुकम्प प्रतिरोधात्मक र अपाङ्ग मैत्री रहनेछ ।
१६ मिटर लम्वाई र ७ मिटर चौडाई रहेको छ भने ४ कोठे भवनको आर्थिक अभावका कारण निर्माण अलपत्र परेको छ । सो भवन निर्माण गर्न ४० लाख रुपैया लाग्ने छ ।









प्रतिक्रिया दिनुहोस्