२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


३५ वर्षीया महिला विगत १३ वर्षदेखि यौन व्यवसायमा, यस्तो छ भित्री कथा (भिडियोसहित)


0
Shares

आर्थिक र पारिवारिक समस्याका कारण यौनपेसामा संलग्न हुने महिलाको संख्या बढ्दै गएको अध्ययनहरुले देखाएका हुन् ।

३५ वर्षीया एक महिला १३ वर्ष भयो, यौन व्यवसायमा लागेको । २० वर्षको उमेरमा विवाह गरेकी उनको वैवाहिक जीवन दुई वर्षसम्म पनि राम्ररी चल्न पाएन । विवाह भएको एक वर्षपछि छोरा जन्मियो, त्यसपछि उनको घरबार नै बिग्रियो ।

श्रीमान्ले छाडेपछि उनी बेसहारा बनिन् । काखे छोरा बोकेर अरु काम गर्न नसक्ने भएपछि उनले थालिन्, यौन व्यवसाय । छिटो र धेरै पैसा कमाइने भएपछि उनी १३ वर्षदेखि यही पेसामा संलग्न छिन् ।

उनकोजस्तै कहानी छ, २३ वर्षीया अर्की एक महिलाको । वैवाहिक जीवन बिग्रिएपछि उनी पनि ९ वर्षदेखि यही पेसामा संलग्न छिन् ।

१४ वर्षको उमेरमा आफूभन्दा तल्लो जातको केटासँग विवाह गरेकी उनले छोरा जन्माएपछि श्रीमान्ले छाडिदिए । माइतीको पनि सहयोग नपाएपछि उनी यौन व्यवसायमा लागेको बताउँछिन् ।

यिनीहरु त उदाहरणमात्र हुन्, हाल नेपालमा ५४ हजार यौन व्यवसायी महिला रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले गरेको पछिल्लो अध्ययनले देखाएको छ ।

सामाजिक, आर्थिक र पारिवारिकलगायतका कारणले महिलाहरु यौन व्यवसायमा लागिरहेको अध्ययनले देखाएको छ ।

नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता छैन । तर, व्यवसाय भने फस्टाउँदै गएको विभिन्न अध्ययनले देखाएका छन् । परिवारको साथ नपाएपछि जीवन गुजारा गर्न नै धेरै महिला यो पेसामा लाग्ने गरेका छन् ।

यौन व्यवसायमा लागेका महिलालाई पेसाबाट बाहिर ल्याउन सरकारले प्रभावकारी काम गर्न सकेको छैन, न त उनीहरुको पेसालाई वैधानिकता नै दिएको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।