Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


हेलिकोप्टर प्रयोगमा पूर्ण बन्देज, यस्तो छ निर्वाचन आचारसंहिता (भिडियोसहित)


0
Shares

स्थानीय तहको निर्वाचन आचारसंहिता जारी गरेको आयोगले यसलाई पालना गर्न सरकारलाई निर्देशन दिएको छ ।

१९ बुँदे स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेको निर्वाचन आयोगले बुधबार उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाएर त्यसबारेमा जानकारी दिएको हो । आयोगले आचारसंहितालाई पूर्णरुपमा लागू गर्न निर्देशन दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आचारसंहिता उल्लंघन गरे कारबाही हुने चेतावनी दिए । उनले निर्वाचनकाक्रममा अज्ञानता माफी नहुने पनि प्रस्ट पारे ।

स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गर्न उम्मेदवार, दल, मतदाताको सुरक्षाका लागि पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले निर्वाचनमा हेलिकोप्टर प्रयोगमा पूर्ण बन्देज लगाएको छ भने मन्त्रीहरुलाई कामका लागि जिल्ला सदरमुकामसम्ममात्र जान निर्देशन दिएको छ ।

आयोगले उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण, जुलुस–आमसभा–र्‍याली, बैठक तथा भेला गर्दा अपनाउनुपर्ने आचरण, सवारी–साधन प्रयोगसम्बन्धी आचरण, निर्वाचन खर्चलगायतकाबारेमा जानकारी गराएको छ ।

कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था गरिएको जानकारी दिए ।

उनले सुरक्षा व्यवस्थालाई चुस्त–दुरुस्त राखिएकाले निर्वाच भयरहित वातावरणमा सम्पन्न हुने दाबी गरे ।

उनले स्थानीय निर्वाचनका लागि चारओटै सुरक्षा निकायका झन्डै २ लाख २६ हजार सुरक्षाकर्मीबाहेक म्यादी प्रहरीसमेत परिचालन गरिने बताए । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।