२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भोट हाल्न नपाएको झोंकमा क्याम्पसमा तोडफोड


0
Shares

नेपाल विद्यार्थी संघले निर्वाचन अवरोध गरेपछि मतदानका लागि गएका विद्यार्थीहरुले मतदान गर्न नपाएको झोंकमा बुधबार क्याम्पसमा तोडफोड गरेका छन् ।

टाढा–टाढाबाट मतदान गर्न क्याम्पस आउँदा निर्वाचन स्थगित भएको खबरले आक्रोशित बनेका विद्यार्थीहरुले क्याम्पसमा तोडफोड गरेका हुन् ।

क्याम्पसका कर्मचारी, प्राध्यापकलगायत निर्वाचन समितिका पदाधिकारीहरुसमेत सम्पर्कमा नरहेपछि विद्यार्थीहरु आक्रोशित बनेका थिए ।

विद्यार्थीहरुले यथाशक्य चाँडो निर्वाचन गर्नुपर्ने माग गर्दै नाराबाजीसमेत गरेका छन् ।