बजार परिसूचक नेप्से १७ अंकले उकालो लागेर १३ सय १६ पुग्यो । वित्तबाहेक कारोबार भएका अरु सबै समूह सकारात्मक रहे ।
बीमा समूहमा सबैभन्दा उच्च २ सय १४ अंकको वृद्धि आयो । उत्पादनमूलक समूह ३० अंकले उकालो लाग्यो । होटल समूह २६ अंकले बढ्यो । वाणिज्य बैंक समूहमा पनि दोहोरो अंकको वृद्धि आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३५ कम्पनीको ६ लाख ५० हजार कित्ता सेयर ३२ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्