Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


६ महिनामा साढे ४ प्रतिशत विद्युत् चुहावट नियन्त्रण : कुलमान घिसिङ


0
Shares

यसबाट ६ महिनामा १ अर्ब २५ करोड रुपैयाँ बराबरको विद्युत् चुहावट नियन्त्रणमा आएको हो ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा घिसिङले उपभोक्ताको सहयोग पाउँदा माग बढी हुने समयमा पनि विद्युत् आपूर्ति सहज भएको बताए ।

उनले हाल विद्युत् संकटको व्यवस्थापनमात्रै भएको भन्दै यसलाई संस्थागत गर्न ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अघि सारिएको बताए ।

उनले विद्युत् प्राधिकरणले बनाउन लागेका सबै आयोजना कम्पनी मोडलमा बनाउन सबै आयोजना कम्पनीमा दर्ता भइसकेको पनि जानकारी गराए ।

कार्यक्रममा ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेले २४सै घन्टा विद्युत् आपूर्ति हुँदा लोड कम हुँदै गएको बताए । लोड कम गर्ने योजनामा आफूहरु सफल भएको उनको भनाइ थियो ।

ऊर्जा उत्पादकहरुले भने १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजनाका लागि सरकार र उत्पादकबीच सहकार्यमा जोड दिएका थिए ।