Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


२० वर्ष पुराना सार्वजनिक गाडी हटाउने नियम कार्यान्वयनमा, एउटा ट्याक्सी नियन्त्रणमा


0
Shares

हालका लागि उपत्यकामा लागू गरिएको यो व्यवस्था अर्को वर्षदेखि उपत्यकाबाहिर पनि कार्यान्वयनमा ल्याउने यातायात व्यवस्थापन विभागले जनाएको छ ।

विभागले पहिलो दिन उपत्यकामा गरेको अनुगमनकाक्रममा २० वर्ष पुरानो एउटा ट्याक्सीमात्रै फेलापारेको प्रवक्ता टोकराज पाण्डेले हामीसँग बताए ।

२० वर्ष पुराना सार्वजनिक यातायातका गाडी हटाउने निर्णयलाई यातायात व्यवसायीहरुको पनि साथ रहेको उनको भनाइ छ ।

यता, व्यवसायीहरुले भने २० वर्ष पुरानो गाडी विस्थापन गर्ने निर्णयको विरोध नगरेको तर, नयाँ गाडी ल्याउन भन्सार छुटको व्यवस्था गरिनुपर्ने माग गर्दै आएका छन् ।

राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले नयाँ गाडी ल्याउन भन्सार छुट दिनुपर्ने र सरकारी गाडी पनि हटाउनुपर्ने माग गरे ।

विभागले भने नयाँ कार्यविधि बनाएपछिमात्रै निजी र सरकारी गाडी विस्थापित गर्ने व्यवस्था लागू हुने प्रवक्ता पाण्डेले बताए ।

सरकारले दुई वर्षअगाडि राजपत्रमा सूचना प्रकाशित गरी फागुन १८ गतेदेखि २० वर्ष पुराना सार्वजनिक गाडी हटाउने निर्णय गरेको थियो ।