Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


एमालेको मेची–महाकाली अभियानको तयारी पूरा, ५० लाख सहभागी ?


0
Shares

                                                                                    फाइल फोटो
संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावको नारा रहेकोे अभियानका लागि नेपाली, मैथिली, थारू, डोट्याली र भोजपुरी भाषामा प्रचार सामग्री तयार गरी पठाइएको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता र केन्द्रीय नेता सहभागी हुने सो अभियान झापाको काँकडभिट्टाबाट सुरु भइ कन्चनपुर हुँदै आगामी चैत ५ गते सुर्खेत पुगेर समापन हुनेछ । नेता र कार्यकर्ताको सामूहिक आवास हुनेछ ।

पार्टीका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थानीय पार्टी कमिटीले सबै व्यवस्थापन गरिसकेको र सम्पूर्ण खर्च सम्बन्धित जिल्लाले व्यवस्थापन गर्ने बताए ।

अभियानकाक्रममा साना–ठूला गरी ३३ स्थानमा आमसभा, प्रतिजिल्ला २० देखि ५० हजार गरी कुल ५० लाख मानिसको सहभागिता हुने पार्टीको अपेक्षा छ ।

अभियानका लागि १० हजार स्वयंसेवक, अलग्गै सांस्कृतिक टोली खटाइएको छ भने सोहीक्रममा पार्टी प्रवेश, ज्येष्ठ कम्युनिस्ट सम्मान तथा आयोजना शिलान्यास हुने भट्टराईले जानकारी दिए । रासस