
‘नेपाल लगानी सम्मेलन’को विशेष वक्ताकारुपमा विहीबार काठमाडौं आएका भारतीय वित्तमन्त्री जेट्लीले प्राकृतिक स्रोत–साधनमा विदेशी लगानी आकर्षित गर्न सुझाव दिए ।
नेपाल र भारत मिलेर ऊर्जा, प्रसारणलाइन, सिँचाइ क्षेत्रमा सहकार्य गरिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा यसलाई थप विस्तार गरेर लैजानुपर्नेमा पनि जोड दिए ।
उनले अर्थतन्त्रमा सुधार ल्याउन लगानी बढाउनुपर्ने बताए । लगानी बढे रोजगारी बढ्ने, राजश्वमार्फत् सरकारको ढुकुटी बलियो हुने र अर्थतन्त्र सवल हुने उनले उल्लेख गरे ।
लगानीका लागि नीतिगत व्यवस्थामा सुधार हुनुपर्ने भन्दै उनले पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।
लगानी विस्तार गर्नका लागि राज्यले दूरगामी कर नीतिलाई ध्यान दिनुपर्ने उनको सुझाव थियो ।
नेपाल र भातरबीच नागरिकस्तरमा प्रगाढ सम्बन्ध रहेको भन्दै उनले भारतले नेपालको समृद्धि हेर्न चाहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्