२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


वि.सं. १३०० ताका कस्तो थियो नेपालको सुरक्षा संयन्त्र ? हरिहरपुरगढी किल्लाले दिन्छ उदाहरण ! (भिडियो)


0
Shares

सिन्धुलीको हरिहरपुरगढी किल्ला निर्माणको नमूनाले वि.सं. १३०० ताकाको राज्य सुरक्षा संयन्त्र, तत्कालिन कला र कौशलताको उच्चतम नमूनालाई छर्लङ्ग पारेको छ । वि.सं. १३८७ मा हालको बारा जिल्लाको सिम्रौनगढमा बंगाल मुसलमानको भिषण आक्रमणबाट सिम्रौनगढ राज्यको पतन भएपछि त्यहाँका तात्कालिन शासक हरिहरसिंहदेव आफ्नी पत्नी देवलदेवी, राजकुमार जगत सिंह कुवर, मन्त्री चण्डेश्वर लगायत विद्वानहरु सहित सिन्धुली जिल्लाको हरिहरपुरगढीमा लुक्न आएपछि १३८८ मा हरिहरपुरगढी किल्लाको निर्माण भएको थियो ।

हरिहरपुरगढी किल्लाकोे संरक्षण गर्न सके आन्तरिक तथा बाह्य पर्यटक परिचालन गरी सिन्धुलीको आर्थिक तथा सामाजिक बिकासमा सघाउ पु¥याउन सहज हुने स्थानीय बताउँछन् ।

हरिहरपुरगढी किल्लाबाटै १८०१ ताका गोर्खाका तात्कालिन राजा पृथ्वीनारायण शाहले सेन वंशीय प्रस्तर लेखहरुमा हुने चन्द्र र सूर्य अनुशरण गरी वर्तमान नेपालको राष्ट्रिय ध्वजामा स्थापना गर्न शुरु गरिएको थियो ।

१८२४ मा पृथ्वीनारायण शाहद्वारा इष्ट इन्डिया कम्पनीका फौजको प्रतिकार गर्ने उद्देश्यले ३ सय फौज हरिहरपुर गढीमा तैनाथ गरेको इतिहास छ । स्व.पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानका क्रममा तात्कालिन नेपालको मध्यपूर्वको ऐतिहासिक हरिहरपुरगढीका राजा हरिसिंहदेवलाई परास्त घटनाक्रमले ओतप्रोत देशको कलात्मक र ऐतिहासिक धरोहर हरिहरपुरगढी किल्ला आजसम्म ओझेलमै परिरहेको छ ।

समुन्द्री सतहबाट करिव एक हजार चार सय मिटरको उचाईमा महाभारत पहाडको शीरमा अवस्थित ऐतिहासिक हरिहरपुरगढी रमणीय प्राकृतिक स्थल मानिन्छ ।