
आन्तरिक पर्यटनको विकास गर्दै संस्कृतिको जर्गेना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताइएको छ ।
मखनटोल टोल विकास संस्थाले सन्चालन गरेको खाना महोत्सवमा स्थानीय जातीय पहिचान झल्किने विभिन्न खानाका परिकार राखिएको छ ।
महोत्सवको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठले उद्घाटन गरे ।
महिलाहरुको नेतृत्वमा भएको महोत्सवबाट महिला सशक्तिकरण, नेतृत्वको विकास, रोजगारी र आर्थिक उपार्जनमासमेत सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ ।
महोत्सवमा ३५ भन्दा बढी नेवारी परिकारका स्टलहरु राखिएका छन् । प्रवेश निःशुल्क गरिएको महोत्सवमा सुपथ मूल्यमा धेरै स्वादहरु चाख्ने र रमाउने अवसर मिलाइएको छ ।
महोत्सवबाट उठेको रकमले टोलको सरसफाइ र पर्यटकीय गतिविधि सन्चालन गर्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्