मेची–महाकाली राष्ट्रिय अभियानको पूर्वसन्ध्यामा शुक्रबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उनले तराई–मधेसका जिल्लामा आफ्ना नेता–कार्यकर्तामाथि भइरहेको आक्रमण अविलम्ब रोक्न माग गरे ।
सुखानी सहिद स्मृति दिवसको अवसरमा शनिबारदेखि सन्चालन गर्न लागिएको मेची–महाकाली राष्ट्रिय अभियानको पूर्वसन्ध्यामा बोल्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक संस्कार देखाउन नसक्नेहरु जनताबाट बहिस्कृत हुने भन्दै ‘एमाले पनि चुप लागेर बस्दैन’–भने ।
यस्तै, अर्का एमाले वरिष्ठ नेता झलनाथ खनालले एमालेविरुद्ध तराई–मधेसमा फैलाइएको भ्रम चिर्ने उद्देश्यले अभियान सुरु गर्न लागिएको बताए ।
शनिबार (भोलि)देखि झापाको काँकडभिट्टाबाट सुरु हुने अभियानमा सहभागी हुन एमालेका शीर्ष नेताहरु झापा आइपुगेका छन् ।
पार्टी अध्यक्ष ओली, वरिष्ठ नेताद्धय नेपाल र खनालसहित महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष बामदेव गौतम, भीम रावल, प्रचार विभाग प्रमुख योगेश भट्टराईलगायतका नेताहरु झापा आइपुगेका हुन् ।









प्रतिक्रिया दिनुहोस्