५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


कर्णाली पुल दुई बर्षमै चिरा


0
Shares

कोठियाघाटस्थित कर्णालीको भँगालो गेरुवा नदिमा बनाइएको पुल ०७१ असोजबाट सञ्चालनमा आएको थियो । ०६७ असारदेखि निर्माण थालिएको पुल ०७२ असार मसान्तमा पुरा गर्ने सम्झौता थियो ।

लक्ष्यभन्दा एक बर्षअघि नै पुल निर्माण सम्पन्न भएको भन्दै ठेकेदारले हस्तान्तरणा गरेका थिए । यसबापत निर्माण कम्पनीलाई सरकारले पुरस्कृत गरेको थियो ।

सडक विभाग अन्तर्गत करिब १ अर्ब लगानीमा अनक, लुम्बिनी, जेभी र टुन्डीले पुल बनाउने जिम्मा पाएको थियो । प्रिस्ट्रेट प्रविधिबाट निर्मित पुलमा २० वटा पिलर र १८ वटा स्ल्याब हालिएको छ ।

रेलिङ, फुटपात र दुईतिर सडक पेटीमा साथै दाँयाबाँया सडकमा माटो पटानी गरिएको छ ।

पुलको माथिल्लो भाग चिरा पर्दै गएपछि जोखिमपूर्ण रहेको स्थानीयले बताए । पुलको लम्बाइ एक हजार १४ मिटर र चौडाइ ९ मिटर १० सेन्टिमिटर छ ।
-कान्तिपुर दैनिकबाट