उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले स्थानीय निर्वाचनबाट सबैभन्दा बढी फाइदा पिछडा वर्ग र दलित समुदायलाई हुने बताए ।
अहिलेको अवस्थामा स्थानीय निकायमा दलित प्रतिनिधित्व सन्तोषजनक नभएको भन्दै उनले दलित प्रतिनिधित्व बढाउन सरकारले विशेष नीति बनाउने जानकारी दिए ।
उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिका कार्यकारी निर्देशक बुद्धिबहादुर नेपालीले सामाजिक, आर्थिक, राजनीतिक र शैक्षिक दृष्टिकोणले दलित समुदायलाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।
उनले दलितका लागि स्थानीय तह नै दलित अधिकार प्राप्तिको आधार भएको भन्दै राज्य पुनःसंरचनामा सत्ता–शक्तिको मुख्य आधार बनाउनुपर्नेमा जोड दिए ।
देशभरका दलित जिल्ला समन्वय समितिका उपाध्यक्षसहितको कार्यशाला दुई दिनसम्म चल्नेछ ।










प्रतिक्रिया दिनुहोस्