Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


झापा गोल्डकपको क्वाटरफाइनलमा एपीएफ


0
Shares

झापा, फागुन १९ । विभागीय टोली एपीएफ क्लब झापाको बिर्तामोडमा जारी झापा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आज डोमालाल राजवंशी रंगशालामा भएको खेलमा मोरङ ११ एफसीलाई १—० गोल अन्तरले पराजित गर्दै एपीएफले खेल जितेको हो ।

पहिलो हाफको इन्जूरी समयमा एपीएफका हरी कार्कीले गरेको गोल नै निर्णायक बन्यो । प्रतियोगितामा एपीएफका हरी कार्की नै म्यान अफ दि म्याच घोषित भए ।

उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे ।

सोमबार आयोजक झापा ११ र हङकङ नेप्लिज एकाडेमीबीच खेल हुने आयोजकले जनाएको छ ।