Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


माथिल्लो साङ्जेन आयोजनाको सुरुङ निर्माण सकियो


0
Shares

१४ दशमलव ८ मेगावाट क्षमताको आयोजनाअन्तर्गत प्रारम्भिक १ हजार ३ सय मिटर सुरुङ निर्माणको काम सम्पन्न भएको हो ।

सन् २०१२ देखि निर्माण सुरु भएको आयोजनाको काम भूकम्प र नाकाबन्दीका कारण प्रभावित भए पनि अहिलेसम्म ५० प्रतिशत सम्पन्न भइसकेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए ।

निर्माणले गति नरोकिए सन् २०१८ को जुनसम्म २ अर्ब २४ करोड रुपैयाँ लागतमा आयोजना पूरा हुने बताइएको छ ।