Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


मुसहर परिवारका बालबालिका शिक्षाको पहुँचबाट बञ्चित


0
Shares

चरम गरीबी, बेरोजगारी र अशिक्षाका कारण धेरै बालबालिका विद्यालय जानबाट बञ्चित भएका हुन् ।

मुसहर परिवारका अधिकांश महिला खोला तथा नदीमा माछा र घोगी मार्न जाने हुँदा विद्यालय जाने उमेरका बालबालिका घरको रेखदेखमा बस्ने गरेका छन् ।

कतिपय बालबालिका परिवारको खर्च जोहो गर्न धनीका घरमा भाँडा माझ्न र गाई बाख्रा हेर्न हरुवाचरुवा बस्न बाध्य छन् ।

उदयपुरको ठोक्सिला, तपेश्वरी, सुन्दरपुर, हडिया, जोगिदह गाविस र बेल्टार बसहा तथा त्रियुगा नगरपालिकामा गरी करिब २ हजार मुसहर वसोवास गर्छन् ।

पछिल्लो समय मुसहर बस्तीमा जनता आवास कार्यक्रममार्फत् आवासको व्यवस्था गरिए पनि दिगो रोजगारीको अवसर नहुँदा विद्यालय जाने उमेरका बालबालिका कष्टकर जीवन बिताउन बाध्य छन् ।