
ईमेज च्यानलसँग सोमबार कुरा गर्दै वरिष्ठ नेता पौडेलले स्थानीय तहको निर्वाचन नै अहिलेको महत्वपूर्ण लक्ष्य भएकाले सबैको ध्यान त्यसैमा केन्द्रीत हुनुपर्ने बताए ।
नेता पौडेलले विकास र सम्मृद्धिको नारा बोकेर नेपाली कांग्रेस निर्वाचनमा होमिएको स्पष्ट पारे ।
उनले मधेसी मोर्चाले उठाएका अधिकांश माग पुरा हुँदै गएकाले अब निःसर्त निर्वाचनमा भाग लिन आह्वान गरे ।
पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बरिष्ठ नेता पौडेलले केन्द्रीय समितिको बैठक तत्काल बोलाउन माग गरे ।
प्रतिक्रिया दिनुहोस्