
सभामा लालबाबु पण्डित र भगवती चौधरीले सम्बोधन गरेका थिए ।
सभामा बोल्दै एमाले नेता लालबाबु पण्डितले दुई/चारजनाले लाठी देखाउँदैमा आफूहरु नडराउने बताए ।
आफ्नो पार्टी ‘नुन खाएको कुखुरा नभएको’ भन्दै नजिस्काउनसमेत मधेसी मोर्चालाई चेतावनी दिए ।
सभामा एमाले नेत्री भगवती चौधरीले एमाले थारु, आदिवासी जनजाति, मुस्लिम सबै समुदायको पार्टी भएको बताउँदै सबै जनताले मत दिएर एमालेलाई पहिलो नम्बरको पार्टी बनाउनुपर्ने बताइन् ।
एमालेको र्याली इनरुवा जानेक्रममा मधेसी मोर्चाका कार्यकर्ताहरुले कालोझन्डा देखाएका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेता मञ्चमा बसे पनि मन्तव्य भने स्थानीय मधेसी र थारु नेताहरुलेमात्र दिएका थिए ।
अध्यक्ष ओलीले इनरुवाको कार्यक्रमलाई सम्बोधन गरेनन् ।
प्रतिक्रिया दिनुहोस्