मधेसी मोर्चाका स्थानीय नेता गजेन्द्र मण्डलकाअनुसार सप्तरीको रुपनीबाट पाँचजना, कन्चपुरबाट पाँचजना र भारदहबाट तीनजना मोर्चाको कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीकाअनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत् विभिन्न ठाउँमा यातायात बन्द गराउने र सडकमा प्रदर्शन गरेको कारणले उनीहरुलाई पक्राउ गरिएको हो ।

साथै, सप्तरीको ठाउँ–ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
एमालेले अभियानअन्तर्गत् सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रमा सोमबार (आज) गर्न लागिएको आमसभालाई बिथोल्नका लागि मोर्चाका नेता तथा कार्याकर्ता जिल्लाको विभिन्न स्थानमा सोमबार बिहानैदेखि टायर बालेर कालोझन्डासहित लाठीजुलुुस निकालेर प्रदर्शन गरिरहेका छन् ।

साथै, सप्तरी सदरमुकामसहितको ठाउँमा बजार, कलकारखाना र यातायात पूर्णरुपमा ठप्प रहेका छन् ।
यता, प्रशासनले कुनै अप्रिय घटना हुन नदिनका लागि सुरक्षा सर्तकता बढाएको छ भने प्रत्येक चोक र सडकमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए । रासस









प्रतिक्रिया दिनुहोस्