Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


आलु केजीको ३२ रुपैयाँ ! आलु महोत्सवको आकर्षण के–के ?


0
Shares

‘सुन्दर ठाउँ हेम्जा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार’ भन्ने मुल नाराकासाथ आलु महोत्सव सुरु भएको हो ।

महोत्सव आगामी चैत १ गतेसम्म चल्नेछ । महोत्सवको कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले उद्घाटन गरे ।

महोत्सव उद्घाटनपूर्व हेम्जाको मिलनचोकबाट महोत्सवस्थलसम्म र्‍याली- प्रदर्शन गरिएको थियो ।

स्थानीय कृषकहरुले आलुसहितका तरकारीबाट बनेका विभिन्न माला, कपडाहरु लगाएर दर्शकलाई आकर्षित गरेका थिए ।

महोत्सवको आकर्षणमा आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुको ठूलो पहाड, आलुका विभिन्न परिकार, बालउद्यान, विविध साँस्कृतिक कार्यक्रम, लोकदोहोरी, सेतीनदीमा र्‍याफ्टिङ, जीपलाइन फ्लायरलगायतको व्यवस्था गरिएको छ ।

हेम्जालाई व्यवसायिक कृषि ठाउँकोरुपमा परिचित गर्दै विविध कृषि उत्पादनको प्रवद्र्धन तथा कृषि पर्यटनको प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा आलुको मूल्य प्रतिकेजी ३२ रुपैयाँ राखिएको छ । महोत्सवमा करिब दुई करोड रुपैयाँ बराबारको आलुको कारोबार हुने अपेक्षा आयोजकको छ ।

आलुका गाउँकारुपमा परिचित हेम्जाका कृषक व्यावसायिकरुपमा तरकारी खेतीमा लागेका छन् । हाल करिब ६५० हेक्टरमा आलुखेती गरिएको छ ।

हेम्जामामात्र करिब एक हजारभन्दा बढी कृषक आलु र तरकारीखेतीमा लागेका छन् ।

हेम्जा र त्यसआसपासका गाविसमा उत्पादित तरकारीजन्य वस्तुहरुको बजारीकरणका लागि आलु महोत्सव फलदायी हुँदै आएको छ । यहाँ फलेको आलु पोखरा र आसपासका क्षेत्रमा पुग्ने गरेको छ ।