
सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरू मधेसविरोधी नभएको भन्दै दुई/चारजनाले कालोझन्डा देखाउँदैमा डराएर नभाग्ने बताए ।
‘एमाले पाहुना पार्टी नभइ मधेसको रैथाने हो’ भन्दै ओलीले मधेसी जनतालाई साथ लिएर एमाले अघि बढ्ने बताए ।
एमाले सरकारले सुरु गरेको विकासको लहरले अझ गति लिने भन्दै उनले ‘मधेसलाई छुटाएर कुनैपनि कार्यक्रम गर्न सकिँदैन’–भने ।
अबको निर्वाचनमा एमालेले स्पस्ट बहुमत ल्याउने उनको दाबी थियो ।
सभालाई एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि सम्बोधन गरेका थिए ।
एमालेको आमसभा चलिरहँदा कार्यक्रमस्थलबाहिर भने मधेसी मोर्चाका कार्यकर्ताले प्रदर्शन गरेका थिए । सोक्रममा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज, अश्रुग्यास र गोलीसमेत चलाएको थियो ।
यो पनि पढ्नुहोस्
सप्तरीमा प्रहरीले चलाएको गोली लागेर दुईजनाको मृत्यु, ‘पेट्रोलबम हानेपछि बल प्रयोग’
प्रतिक्रिया दिनुहोस्