निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण ढंगले निर्वाचन गर्न आयोगले मंगलबार सञ्चारकर्मीहरुसँग गरेको छलफल प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचनको माहोल बनाउन आग्रह गरे ।
उनले मुलुकको अवस्थालाई उज्यालो बनाउने काम निर्वाचनमार्फत् हुने भएकाले सञ्चारकर्मीले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।
प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचनसम्बन्धी सबै सञ्चारमाध्यमका समाचारमा एकरुपता भए निर्वाचन गर्न आयोगलाई सहज हुने बताए ।
उनले निर्वाचन आचारसंहितालाई ध्यानमा राखेर समाचार सम्प्रेषण गर्न सुझाव दिए ।










प्रतिक्रिया दिनुहोस्