Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


अधिकारको प्रयोग गर्दा कतैबाट उल्लंघन नहोस् : नेपाल बार


0
Shares

बारका महासचिव खम्मबहादुर खातीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा सोमबार सप्तरीको राजविराजमा मानिसहरुको मृत्यु हुने गरी भएको घटनाप्रति दुःख व्यक्त गर्दै सप्तरी जिल्ला बार एकाइका कोषाध्यक्ष अधिवक्ता दिगम्बर यादवलगायत घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना र मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

बारले सो घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र घाइतेलाई उचित उपचार गर्न सरकारसँग माग गर्दै भविष्यमा पनि यस्ता घटना हुन नदिनका लागि संयमित हुन सबै पक्षसँग आग्रह गरेको छ । रासस