Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


अब ४० वर्षभन्दा माथिकालाई ‘युवा’ भन्न नपाइने


0
Shares

युवा तथा खेलकुद मन्त्रालयले यही फागुन ९ गतेको मन्त्रालयस्तरीय निर्णयानुसार युवाको उक्त उमेर निर्धारण गरेको हो ।

मन्त्रालयले नेपाली युवाको हकहित संरक्षण गर्दै तिनलाई सक्षम तुल्याइ राष्ट्रिय विकासको मूलप्रवाहमा एकीकृत गरी नेतृत्वदायी भूमिका निर्वाह गर्न राष्ट्रिय युवा परिषद् ऐन, २७२ बमोजिम युवा परिषद् गठन गरेको जनाउँदै देशका ७५ ओटै जिल्लामा युवा समिति कार्यालय सन्चालन भएको बताएको छ ।

परिषद् ऐनमा युवाको उमेर १६ देखि ४० वर्ष निर्धारण भएपनि नेपाल सरकारका विभिन्न निकायका नीति, कार्यक्रममा युवाको उमेरको विविधता पाइएकाले अबउप्रान्त मन्त्रालय र अन्तर्गतका सचिवालय, परिषद्, प्रतिष्ठान र समितिका कार्यक्रममा युवाको उमेर ऐनबमोजिम नै कायम गर्न सम्बन्धित सबैमा आग्रह गरिएको छ । रासस