Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


गृह मन्त्रालयले सप्तरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलायो


0
Shares

मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले सप्तरीको अवस्था असहज भएकाले उनीहरुलाई फिर्ता बोलाएर नयाँ टोली पठाउन लागिएको जानकारी दिए ।

उनले नयाँ टोली पठाउनका लागि गृहकार्य भइरहेको र मंगलबार (आज) नै पठाउने तयारी भइरहेको बताए ।

सप्तरीका प्रजिअ उद्धव तिमिल्सिना, नेपाल प्रहरीका उपरीक्षक दिवस लोहनी र सशस्त्र प्रहरी बलका उपरीक्षक जयबहादुर खड्कालाई फिर्ता बोलाइएको हो ।

सोमबार नेकपा एमालेले आयोजना गरेको मेची–महाकाली अभियानमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अवरोध गर्दा प्रहरीसँगको झडपमा गोली लागी मोर्चाका तीन कार्यकर्ताको मृत्यु भएको थियो ।

यसैबीच, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीलगायतलाई बोलाएर सप्तरी घटनाबारे जानकारी लिँदै आगामी दिनमा बल प्रयोग गर्दा सचेत हुन निर्देशन दिए । रासस