Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


सप्तरी घटनाको न्यायिक छनबिन गर्न नयाँ शक्तिको माग


0
Shares

                                                                                       फाइल फोटो

पार्टी संयोजक डा. बाबुराम भट्टराईले मंगलबार प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाबाट आफू र आफ्नो पार्टी स्तब्ध भएको उल्लेख गर्दै उक्त घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि, मृतकका परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

मुलुकलाई देशभक्तिसहितको राष्ट्रिय एकता आवश्यक भएको औंल्याउँदै नयाँ शक्ति पार्टी राजनीतिक सहमति, राजनीतिक विश्वास र सहकार्यको पक्षमा रहेको संयोजक डा. भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा उनले ‘हामी समावेशी विकास र समृद्धिको पक्षमा छौं, हामी हिमाल, पहाड र तराई–मधेसलाई भावनात्मक एकतामा बाध्न चाहान्छौं, यसर्थ नै हाम्रो आह्वान छ कि असमझदारी, टकराव र विभाजनलाई कहीँ–कतैबाट प्रोत्साहित नगरौं’–भनेका छन् । रासस

Skip This