Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


मधेसी दलहरुले भन्दैमा कुनैपनि हालतमा चुनाव स्थगित हुँदैन : पौडेल


0
Shares

                                                                                    फाइल फोटो
विहीबार बिहान पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले वैशाख ३१ गते निर्वाचन नहुने हो भने कुनैपनि तहको निर्वाचन गर्न नसकिने विचार व्यक्त गरे ।

उनले मिति घोषणासँगै सिंगो मुलुक चुनावमय बनेको बताउँदै अब किन र केका लागि रोक्न वा स्थगन गर्नुपर्ने भन्ने कारण नै नरहेको बताए ।

नेता पौडेलले मधेसवादी दलहरुले भन्दैमा कुनैपनि हालतमा चुनाव स्थगन नहुने दाबी गरे ।

उनले स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेसलाई बहुमतसहितको पार्टी बनाउनुपर्ने बताए ।

हतारमा संविधान संशोधन प्रस्ताव अगाडि बढाउँदा सरकार अप्ठ्यारोमा परेको बताउँदै अब प्याकेजमा सहमति गरेर तोकिएको मितिभित्रै तीनै तहका चुनाव सम्पन्न हुने वातावरण मिलाउनुपर्नेमा उनले जोड दिए । रासस

 

Skip This