२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पोखरामा इतिहास शिरोमणिको स्मरण


0
Shares

पृथ्वीनारायण क्याम्पस, इतिहास तथा संस्कृति विभागद्वारा आचार्यको १२९औँ जन्मजयन्तीका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा विभिन्न वक्ताले उनको बहुआयामिक व्यक्तित्व र राष्ट्रवादी चिन्तनमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रा डा. दिलबहादुर क्षेत्रीले नेपालमा इतिहास लेखनको थालनी आचार्यले गरेको बताउँदै जहानियाँ राणा शासनकालमा पनि उनले आफ्नो निष्ठा र आस्था नछाडेको धारणा राखे ।

खरिदार बाजे नामले चिनिनु हुने आचार्यले प्राचीन नेपाली लिपिहरुको अध्ययन-अनुसन्धान गर्नाका साथै माउन्ट एभरेस्टको नाम सगरमाथा भनी नामकरण गरेका थिए । रासस