Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


चुनौतीका बीच निर्वाचनको तयारीमा सरकार (भिडियो)


0
Shares

निर्वाचनलाई सर्वस्वीकार्य बनाउँदै सहज राजनीतिक वातावरण बनाउन सरकार संसदमा रहेको संविधान संशोधनको प्रस्तावलाई पास गराउने रणनीतिमा जुटेको छ भने सुरक्षाका लागि सेना समेत परिचालनको तयारी थालेको छ ।

निष्पक्ष र स्वतन्त्र ढंगबाट निर्वाचन गराउने दायित्व निर्वाचन आयोगको भए पनि त्यसका खेलाडीका रुपमा रहेका राजनीतिक दलहरु निर्वाचनमा सहभागी बन्न तयार रहेनन् भने निर्वाचनको औचित्य रहँदैन । त्यस्तो वातावरण बनाउने दायित्व सरकारको हो ।

अहिले पनि मधेशी मोर्चा यथास्थितिमा निर्वाचनमा नजाने भन्दै आफ्ना माग पुरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने अल्टिमेटम दिएर कुरिरहेको छ ।

विपक्षी एमाले संशोधन प्रस्ताव अघि बढ्न नदिने अडानमा कायमै छ । तर सरकार भने संशोधनको पक्षमा दुई तिहाई मत पुर्‍याउन जुटेको छ ।

त्यसकै लागि राप्रपा अध्यक्ष कमल थापालाई सरकारमा सहभागी गराइएको छ भने फोरम लोकतान्त्रिकलाई पनि सहभागी गराउने तयारी भइरहेको छ । हतारमा गरिएका मन्त्रिपरिषद विस्तारको यो अभ्यास मधेशी मोर्चाको समेत आग्रहमा भएको भनाइ उपप्रधानमन्त्री विमलेन्द्र निधिको छ ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्

Skip This