Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


डा. लोहनीले राप्रपा परित्याग गरे


0
Shares

एकता महाधिवेशन भएको एक महिना पनि नपुग्दै उनले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टीबाट आफूलाई अलग तुल्याएका हुन् ।

डा. लोहनीले रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गर्दै आजका मितिबाट आफू राप्रपाको कुनै पनि तहको सदस्य नरहेको जनाएका हुन् । उनले २५ वर्षसम्म आफू सक्रिय रहेको पार्टी छाड्नु पर्दा दुःख लागेको पनि जनाएका छन् ।

उनले एकता महाधिवेशनपछि पार्टी विधानलाई उपेक्षा गरिएको, समझदारीलाई लत्याउने काम भएको आरोपसमेत लगाएका छन् । ‘पार्टीको एकीकरण अगाडि नयाँ पार्टीको झण्डा राप्रपा नेपालको हुने र चुनाव चिन्ह हलो हुने समझदारी भएको हो,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो प्रतिबद्धतालाई पनि ठाडै लत्याइएको छ ।’

मधेसी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेपछि सरकार टिकाउने राजनीतिक सौदा गरी अध्यक्ष कमल थापा आफैं सरकारमा जानु दुर्भाग्यपूर्ण भएको उनको भनाइ थियो ।

 

Skip This