रिपोर्टस् क्लबले सोमबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले सरकारको उद्देश्य निर्वाचन गर्नु भएकाले शंका नगर्न आग्रह गरे ।
निर्वाचनबाटै मुलुकले निकास पाउने भन्दै निर्वाचनबाट सरकार पछाडि फर्कन नसक्ने उनले प्रस्ट पारे ।
मधेशका मुद्दालाई सरकारले उचित ढंगले सम्बोधन गर्ने भन्दै उनले निर्वाचनमा जुट्न मधेसी दललाई पनि आग्रह गरे ।
अर्को प्रसंगमा थापाले डा. प्रकाशचन्द्र लोहनीले पार्टी छाड्दैमा कुनै फरक नपर्ने भन्दै आफूले त्यसलाई कुनै महत्व नदिने बताए ।
यसअघि, आइतबार (हिजो)मात्र डा. लोहनीले पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।
अध्यक्ष कमल थापाले अधिनायकवादी ढंगले पार्टी चलाउन खोजेको र पूर्वसहमति पालना नगरेको आरोप लगाउँदै डा. लोहनीले पार्टी त्यागेको घोषणा गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्