
चैत १ देखि ३ गतेसम्म इन्डिया फाउन्डेसनले गर्न लागेको आतंकवाद प्रतिवादसम्बन्धी सम्मेलनमा भाग लिन उनी भारत गएका हुन् ।
भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले संविधान संशोधन विधेयक दुई तिहाइ बहुमतबाट पारित गराउन नेपाली कांग्रेसले पहल गरिरहेको बताए ।
भारतमा रहँदा निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजलगायतसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्