२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


एमालेको कार्यक्रम बिथोल्न मधेसी मोर्चाद्वारा नेपालगन्जमा बन्द


0
Shares

मोर्चाको बन्दका कारण नेपालगन्जमा केही सवारी साधन सञ्चालनमा आए पनि शैक्षिक संस्था बन्द भएका छन् । त्यसैगरी उद्योगधन्दासमेत बन्द भएका छन् ।

मोर्चाले एमालेको अभियान र नेपालगन्जको जनसभामा सहभागी नहुन बाँकेका स्थानीय समुदायलाई अपिलसमेत गरेको छ । एमालेको सभामा मान्छे आउन नदिन मधेसी मोर्चाका कार्यकर्ताले ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन् ।

बाँकेमा गर्ने जनसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली, माधवकुमार नेपाल लगायतका एमाले नेता नेपालगन्ज जाने कार्यक्रम छ ।

एमालेको जनसभालाई लक्षित गरेर नेपालगन्जमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।