
फाइल फोटो
कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको मंगलबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकले संविधान संशोधनमार्फत् निर्वाचनमा सबैले सहभागी हुने वातावरण बनाउनुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकले तराई–मधेसबाट पार्टीको प्रतिनिधित्व गर्ने सांसदसँग संविधान संशोधनलगायत समसामयिक राजनीतिक घटनाका सम्बन्धमा विश्लेषण गरी उक्त निष्कर्ष निकालेको पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
बैठकले यही चैत १० गते पार्टीको केन्द्रीय समितिको बैठक गर्ने निर्णयसमेत गरेको छ ।
बैठकमा संशोधन प्रस्तावलाई तार्किक निष्कर्षमा पुर्याएर राजनीतिक समस्या समाधान गर्न पार्टीले नेतृत्व लिने विषयमा छलफल भएको नेता फरमुल्ला मन्सुरले बताए ।
‘निर्वाचनमा सबै दलले भाग लिने र सबै नेपालीलाई भयमुक्त मतदान गर्न पाउने वातावरण बनाउन दलले अग्रसरता लिने निष्कर्षसमेत निकालेको छ’–उनले जानकारी दिए ।
संशोधनमा बहुमत पुग्छ त भन्ने सन्चारकर्मीको जिज्ञासमा नेता मन्सुरले तराई–मधेसका बहुमत जनताको अधिकारका लागि संशोधन ल्याइएकाले संशोधनमा दुई तिहाइभन्दा बढी मत पुग्ने विश्वास व्यक्त गरे । रासस
प्रतिक्रिया दिनुहोस्