Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


सरकारलाई दिएको समर्थन फिर्ता लिने मधेसी मोर्चाको निर्णय


0
Shares

                                                                               फाइल फोटो
तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय बिजुलीबजारमा मंगलबार दिउँसो बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए ।

मोर्चासँग आबद्ध सात राजनीतिक दलका ४९ जना सांसदले व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्दै आएका छन् ।

संघीय गठबन्धनको फागुन २४ गते बसेको बैठकले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न र स्थानीय तहको निर्वाचनको घोषणा सात दिनभित्र फिर्ता लिन सरकारसँग माग गरेको थियो ।

सो मागका विषयमा सरकारले कुनैपनि पहलकदमी नचालेको भन्दै मंगलबार (आज)देखि सरकारलाई दिएको सर्मथन फिर्ता लिइएको मोर्चाको भनाइ छ ।

त्यस्तै, मोर्चाको बैठकले विभिन्न तीन चरणका कार्यक्रमसमेत तय गरेको छ ।

पहिलो चरणको आन्दोलनमा चैतमा माध्यामिक तह (कक्षा १०)को परीक्षापर्ने भएकाले सामान्य विरोधका कार्यक्रम गर्ने, दोस्रो चरणमा दिन बिराएर आन्दोलन तथा विरोधका कार्यक्रम गर्ने र तेस्रो चरणमा बृहत् कार्यक्रम गर्ने विषयमा छलफल भएको महासचिव झाले जानकारी दिए । रासस

Skip This