जिल्ला सदरमुकामसँगै अरु बजारमा बैंक तथा वित्तीय संस्था थपिनेक्रम भएपनि छथरको मूख्य व्यापारिक केन्द्र शुक्रबारे बजारमा भने अहिलेसम्म कुनै बैंक खुलेका छैनन् । बैंक नहुँदा स्थानीयले भरपर्दो कारोबार गर्न बसन्तपुर हुँदै सदरमुकाम म्याङलुङ वा धनकुटासम्म पुग्नुपर्ने बाध्यता छ ।
कृषि विकास बैंक नहुँदा कृषिमा जिल्लाकै पकेट क्षेत्रका रुपमा विकास भइरहेको यस क्षेत्रका किसानले उल्लेख्य उन्नति गर्न सकेका छैनन् ।
शुक्रबारे बजारमा रहेको कृषि विकास बैंकको शाखा द्वन्द्वकालमा विस्थापित भएको थियो । सो बैंक पुनःस्थापना गरिदिन पटक पटक माग गरे पनि निर्णय नहुँदा अप्ठ्यारो परेको गुनासो स्थानीयको छ ।









प्रतिक्रिया दिनुहोस्