१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


जिल्लास्थित निर्वाचन कार्यालय चुनावको तयारीमा जुटे


0
Shares

जिल्लास्थित निर्वाचन कार्यालयहरु चुनावका लागि आवश्यक तयारीमा जुट्न थालेका छन् । यसक्रममा डडेल्धुरास्थित निर्वाचन कार्यालय पनि तयारीमा जुटिरहेको छ ।

सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुराको सात वटा गाउँपालिकामा चुनावको तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका प्रमुख कृष्णसिंह नायकले जानकारी दिए ।

मतदाता नामावली अद्यावधिक गरी निर्वाचन आयोगमा पठाइसकिएको र मतदान केन्द्र तोक्ने एवं निर्वाचन र मतदाता शिक्षा कार्यक्रम पनि तुरुन्तै सञ्चालन गरिने उनले जानकारी गराए ।

प्रदेश नम्बर ७ मा पर्ने डडेल्धुरामा २०६४ सालको संविधानसभा निर्वाचनमा १ लाख ७ सय ४ जना तथा २०७० सालको निर्वाचनमा ६५ हजार ८ सय ६७ जना मतदाता रहेका थिए । दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा २०७० को भन्दा झण्डै ११ हजार मतदाता बढेको भए पनि मतदाता नामावलीको अन्तिम सूची भने आयोगबाट प्रमाणित भइ आउन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।