Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


स्थानीय तह कार्यान्वयनका लागि सात अर्ब ४४ करोड निकासा


0
Shares

पुनःसंरचनापछि बनेको ७ सय ४४ स्थानीय तहध्ये प्रत्येकले रु एक/एक करोड पाउने गरी बीउ पुँजीकारुपमा निकासा गरिएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले बताए ।

अर्थमन्त्री महराकाअनुसार स्थानीय तहमा चार महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिकालाई संस्थागत विकास गर्नका लागि अर्थ मन्त्रालयले निकासा गरेको हो ।

महानगरपालिका सहसचिव, उपमहानगर र नगरपालिकामा उपसचिव तथा गाउँपालिकामा अधिकृत तहको कर्मचारी काजमा पठाएर साङ्गठानिक पुनःसंरचना पनि आजै गरिएको छ ।

तहगत र आर्थिकरुपमा पुनःसंरचना सुरु भएको उल्लेख गर्दै उनले वित्तीय संरचनालाई पनि चाँडै अर्थ मन्त्रालयले अन्तिमरुप दिने तयारी गरेको बताए । आगामी आवको बजेटमा त्यसलाई अझ स्पष्ट गरिने जनाइएको छ ।

महानगरपालिकादेखि गाउँपालिकासम्म प्रारम्भिक पुँजीकारुपमामात्र बराबर रकम दिइएको उनले बताए ।

निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले ठूलो रकम माग गरेकाले त्यसलाई पनि बिस्तारै पूरा गर्दै जाने बताउँदै अर्थमन्त्रीले एकैपटक ठूलो रकम जुटाउन सक्ने अवस्था नभएपनि निर्वाचनजस्तो महत्वपूर्ण कार्यका लागि रकम अभाव नहुने स्पष्ट गरे । रासस