Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


संविधान संशोधन गर्ने कुचेष्टा नगरे हुन्छ, कुनैपनि हालतमा मान्दैनौं : बामदेव


0
Shares

                                                                             फाइल फोटो
नेकपा एमालेको मेची–महाकाली अभियानअन्तर्गत् बुधबार बर्दियाको राजापुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने–‘संविधान संशोधन गर्ने कुचेष्टा नगरे हुन्छ । हामी कुनैपनि हालतमा मान्दैनौं ।’

जातीय राज्यको नारा लगाएर नेपाललाई रुगान्डा बनाउन खोजेको आरोप लगाउँदै उनले एमालेलाई यस्तो प्रवृत्ति मान्य नहुने बताए ।

मेची–महाकाली अभियानकाक्रममा २ नम्बर प्रदेशमा घटेको घटना दुःखद् भएको भन्दै उपाध्यक्ष गौतमले विदेशीको इसारामा कैलालीको टीकापुर घटना दोहोर्‍याउन खोजेको आरोप लगाए ।

सो अवसरमा विभिन्न पार्टी परित्याग गरेका तीन सयभन्दा बढीलाई टीका लगाइ पार्टीमा स्वागत गरिएको एमाले बर्दिया क्षेत्र नम्बर–४ का संयोजक पहाडी थारुले बताए । रासस