६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


निधिद्वारा कञ्चनपुर गोली काण्डमा गल्ती स्वीकार्न भारतलाई आग्रह


0
Shares

प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसँगको भेटवार्ताका क्रममा निधिले भारतीय सीमा सुरक्षा बलको गोलीबाट नेपाली मारिएको प्रसंग उठाउँदै भारत सरकारलाई यसमा ‘रिग्रेट गर्न आग्रह’ गरेका हुन् ।

उनले नेपालको अनुसन्धानले गोली भारतीय सुरक्षाकर्मीबाट नै चलेको देखिएको डोभललाई जानकारी गराएका थिए । प्रत्युत्तरमा डोभलले घटना दुःखदायी भएको बताएका थिए ।

‘हाम्रो अनुसन्धानले गोली भारतीय पक्षबाट नै चलेको देखाएको छ । त्यसमा भारतीय पक्षले रिग्रेट गर्नुपर्छ भनेको छु,’ भेटघाटपछि निधिले भने ।

निधिले भारतीय पक्षले मागे अनुसार गौतमको पोष्टमार्टम रिपोर्ट उनीहरुलाई उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको बताए ।

‘हामीले गृह र परराष्ट्र हुँदै रिपोर्ट भारतलाई पठाउने प्रक्रिया सुरु गरिसकेका छौ,’ उनले भने । आफू नयाँ दिल्लीमा हुँदै पोस्टमार्टम रिपोर्ट भारतलाई दिन लागिपरेका उनले बताए ।

भारतले भने घटनाको अनुसन्धानपछि मात्र केही भन्न सकिने बताएको छ ।

भारतले यस अघि नै घट्नाबारे आफ्नो तर्फबाट छानबिन शुरु भएको वबताएको थियो ।

निधि र डोभलबीचमा दुई देशको सीमामा रहेका समस्या समाधान गर्ने विषयमा समेत कुराकानी भएको थियो । निधिले बिहीबार भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसंग भेटघाट गर्ने तय भएको छ । –कान्तिपुर दैनिकबाट