२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


उन्नति परियोजना अन्तर्गतका सडक निर्माणमा ढिलाई


0
Shares

डेनमार्क सरकारको उन्नति परियोजनाअन्तर्गत करिव १९ करोड ५२ लाख रुपैयाँको लागतमा बन्न लागेको ३१ किलोमिटर ग्राभेल बाटो निर्माण तथा स्तरोन्नतीमा ढिलाई भएको हो ।

आयोजनाको पहिलो खण्डअन्तर्गत मारेकटाहारेको दारेगौडादेखि धर्मोदय माविसम्मको करिब १७ किलोमिटर सडक गत वैशाखबाट काम सुरु गरी आउँदो असारमा सम्पन्न गरिसक्नुपर्ने थियो । तर हालसम्म ठेकेदार कम्पनी लुम्बिनी एपेक्स जेभी काठमाडौंले हालसम्म १७ प्रतिशतमात्र काम पुरा गरेको छ ।

त्यस्तै सोही मितिमा आयोजना सम्पन्न गर्ने गरी वाईपी कन्ट्रक्सन प्रालि ललितपुरले निर्माणको जिम्मा लिएको धर्मोदय माविदेखि चानुवा हुँदै लेगुवासम्मको काम पनि हालसम्म ९ प्रतिशतमात्र पूरा भएको छ ।

अहिलेसम्म लगानीको ८० प्रतिशत खर्च भई सक्नुपर्ने उन्नति परियोजना धनकुटाका पूर्वाधारविज्ञ प्रमोद न्यौपानेले जानकारी दिए ।

उता निर्माण कम्पनीले भने बर्षा र दसैं–तिहार जस्ता चाडपर्वले कामदारको अभावमा काममा ढिलाई भएको जनाएका छन् ।