स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा तराईका जिल्लामा चहलपहल शुरु भएको छ । बाराका राजनीतिक दलले मतदातालाई आकर्षित गर्न विभिन्न गतिविधि सञ्चालन गर्न थालेका छन् । उनीहरुले सभा–समारोह, कार्यकर्ता भेटघाटलाई तिव्रता दिएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, मधेसी मोर्चामा आबद्ध दलसहित ३७ राजनीतिक दलले निर्वाचन कार्यालयमा दल दर्ता गरेको निर्वाचन अधिकृत नरेशकुमार सर्राफले जानकारी दिए ।
मधेसी मोर्चाले निर्वाचन हुनै नदिने घोषणा गरे पनि मोर्चामा आबद्ध घटकहरुले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् । मधेस केन्द्रीत दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिक निर्वाचनमा होमिइसकेको छ ।
फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष ओमप्रकाश चौधरीले स्थानीय तह जनप्रतिनिधिविहीन हुँदा विकासका काममा अवरोध आएकाले प्रतिनिधि चयनका लागि निर्वाचनको विकल्प नभएकाले आफूहरु प्रचारप्रसारमा लागेको बताए ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्





प्रतिक्रिया दिनुहोस्