Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


जिल्ला स्वास्थ्य कार्यालय, जाजरकोट


0
Shares

 

 

जिल्ला स्वास्थ्य कार्यालय, जाजरकोट

आदनीय जिल्लाबासी दाजुभाई तथा दिदीबहिनीहरु

राष्ट्रिय हात्तीपाईले अथवा फाईलेरिया रोग निवारण गर्नको लागि यहि मिति २०७३ साल चैत्र ५ गते तोकिएको बुथमा ५,६ र ७ गते स्वयम् सेवकहरु औषधी खुवाउन घर घरमा आउदै हुनुहुन्छ । सो अवसरमा औषधी खानु भई हात्तीपाईले रोग हुनबाट बच्न र बचाउन समस्त आम जनसमुदायमा जिल्ला स्वास्थ्य कार्यालय, जाजरकोट हार्दिक अपिल गर्दछ ।

औषधी खान नहुने अवस्थाहरु

औषधी खान खाएपछि मात्र खाने, खाली पेट नखाने
दुई बर्ष मुनिका बालबालिकाहरुलाई नखुवाउने
गर्भवति महिला र सात दिन भित्रका सुत्केरी महिलाहरुलाई नखुवाउने
दीर्घ रोगीहरु जस्तै मुटु रोगी, मृगौला रोगी, क्यान्सर, श्वास प्रश्वास सम्बन्धि रोगी, कलेजो रोगी, छारे रोगी वा कुनै पनि औषधी सेवन गरिरहेका बिरामीहरुलाई नखुवाउने
२४ घण्टा भित्र ज्वरो आएका बिरामीहरुलाई नखुवाउने
५ बर्ष मूनिका कुपोषित वालवालिकाहरु र अन्य कडा कुपोषित ब्यक्तिहरुलाई नखुवाउने
७० बर्ष माथिका वृद्ध वृद्धाहरुलाई सावधानी पूर्वक मात्र औषधी खुवाउने
नोट ः औषधी खाईसके पछि कसै कसैलाई टाउको दुख्न, ज्वरो आए जस्तो हुन, पाकवाकी लाग्ने, वान्ता हुने, पेट ढुम्म परे जस्तो हुनसक्छ । तर यस्तो असर एक दुई दिन पछि स्वत ः निको भएर जान्छ । यस्तो असर शरीरमा हात्तीपाइलेका परजिवी भएका ब्यक्तीहरुलाई देखिने भएकाले उक्त असरहरु देखिएमा औषधी प्रभावकारी छ, शरीरमा भएको परजिवी नष्ट हुदैछ भन्ने बुझ्नु पर्दछ ।