Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


सत्तारुढ दलहरुको आग्रह मधेसी मोर्चाद्वारा अस्वीकार


0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सरकारमा संलग्न प्रमुख दल र मधेसी मोर्चाको विहीबार साँझ सिंहदरबारमा बसेको बैठकमा मोर्चाले यस्तो अडान दोहोर्‍याएको हो ।

सत्तारुढ दलका नेताहरुले सीमांकनलाई थाती राखेर स्थानीय चुनावमा जान मोर्चालाई आग्रह गरेका थिए ।

बैठकमा उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, र मधेसी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, शरत्सिंह भण्डारीलगायत सहभागी थिए ।

Skip This